१००८ स्वर्णिम श्रीमद् भागवत भक्ती सत्संग अनुष्ठान सुरु

भविष्यमा पर्यटकको गन्तव्य स्थलको रुपमा सालक पार्क : मुख्यमन्त्री
२ फाल्गुन २०७६, शुक्रबार १६:१२

सिधाखबर \ विश्वको लोपोन्मुख सुचीमा सुचिकृत प्रजाती सालकको संरक्षण संरक्षण र पार्कको प्रवद्र्धनका लागि पार्कमा १००८ स्वर्णिम श्रीमद् भागवत भक्ती सत्संग अनुष्ठान २०७६ बाट बाट सञ्चालन भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अतिथ्यतामा यज्ञको सुरुवात गरिएको छ । बिहान कलश यात्रा गरि भधागवत अनुष्ठान यज्ञको सुरुवात गरिएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सालक संरक्षण सगै जोडिएकोले यो अनुष्ठानलाई भव्य बनाउन आग्रह गरे । भविष्यमा पर्यटकको गन्तव्य स्थलको रुपमा यस पार्कलाई निर्माण गरिनुपर्ने बताए । उनले वन समितिलाई पार्कको क्षेत्र विस्तार गरि सफा सुन्दर र हराभरा बनाउन आग्रह गरे । भविष्यमा यसलाई ठुला पार्क बनाई पर्यटकको गन्तव्य बनाउन आफुले जिम्मम सलने समेत बताएका थिए ।

मानिसलाई कि राजनितिले कि त अध्यामिकले परिवर्तन गराउन सकिने बताउदैं आफु पनि परिवर्तन भई समाज परिवर्तन गर्न सबै लाग्न आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा १७ वडा अध्यक्ष भैरव राई, वरिष्ठ अधिवक्ता घनप्रसाद गौतम, स्वामी आनन्द सागर, महायज्ञका उपाध्यक्ष कल्पना पराजुली लगायतकाले आफ्नो भनाई राखेका थिए । अनुष्ठानका मुल समितिका संयोजक तथा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन दाहालको सभाध्यक्षतामा भएको थियो ।

महाशिव रात्री तथा नेपाल भ्रमण वर्ष २०२०को अवसर पारी आध्यात्मिक चिन्तनद्धारा राष्ट्र,शान्ति, लोक कल्याण समस्त जीवात्माहरुको सुख शान्तिका साथै विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि भागवत गरिएको जनाइएके छ । राष्ट्रिय विभुषित नारी रत्न विदुषी सुश्री अनुराधा शास्त्रीजी प्रमुख बाचकको रुपमा रहेकी आयोजकले जनाएको छ । सालक पार्कलाई पर्यटक स्थल बनाउन पार्क परिसरमा ज्योती लिङ्ग स्थापना समेत गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*