११० जनाले गरे रक्तदान, भोली बृहत साइकल ¥याली

२ फाल्गुन २०७६, शुक्रबार १८:५९

सिधाखबर \ विन्दावासिनी मिडिया प्रा.लिद्धारा संचालित रेडियो थाहा सञ्चार ९९.६ को १२ औँ वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा हाल सम्म यस वर्षकै सबैभन्दा धेरै रक्तदान संकलन गर्दै सर्वाधिक रक्तदाता संस्था बनेको छ ।

रेडियोले शुक्रबार बिहान ८ बजेदेखी अपरान्ह ४ बजेसम्म हेटौंडाको बुद्घचोकमा भएको रक्तदान कार्यक्रममा ११० जनाले रक्तदान गरेका छन् । रेडियोको स्थापनादेखि हरेक वार्षिकोत्सवमा रेडियोले निरन्तरता दिँदै आइरहेको रक्तदान कार्यक्रमलाई यो पटक पनि निरन्तरता दिईएको रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिए ।

कार्यक्रममा रक्तदातालाई कार्यक्रमस्थलमा नै प्रमाणपत्रको व्यवस्था गरिएको थियो । रक्तसन्चार केन्द्र हेटौंडाको समन्वयमा आयोजित कार्यक्रममा हेटौंडा दुग्ध वितरण आयोजना, निर्माण व्यवसायी संघ मकवानपुर र इभरग्रीन फेन्सीले सहयोग गरेका थिए ।

त्यस्तै, रेडियोको वार्षिकोत्सव कार्यक्रम अन्तर्गत भोलि ३ गते शनिबार ‘नेपाल भ्रमण वर्ष सफल पारौ, सालक संरक्षणमा भूमिका खेलौं’ भन्ने नाराका साथ साइकल ¥याली हुने भएको छ । भोलि बिहान साँढे ७ बजे रेडियो परिसरबाट सुरु भएको साइकल ¥याली सालक पार्क चुच्चेखोलामा पुगि समापन हुने छ ।

४ गते पत्रकार तथा हेटौँडा भेट्रान्सबीच मैत्रीपूर्ण फुटबल, ५ गते सवारी दुर्घटना र उपचारको व्यवस्थापन विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, ६ गते रुपचन्द्र विष्ट र उहाँको व्यक्तित्वबारे अन्तरकृया गर्ने तयारी गरिएको छ । वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन तथा ७ गते थाहा वर्ष सम्मान तथा वार्षिकोत्सव समापन कार्यक्रम हुने स्टेशन म्यानेजर गौतमले बताए । वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन हिजो ‘हेटौंडामा पार्किङ व्यवस्थापनबारे अन्तरक्रिया’ आयोजना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*