बागमती गाउँपालिकामा इलाका प्रशासन स्थापना गरिने :गृहमन्त्री थापा

तेस्रो बागमती गोल्डकप सुरु
३ फाल्गुन २०७६, शनिबार १८:५८

सिधाखबर \ बागमती गाउँपालिकाको क्षेत्रको आधारमा ईलाका प्रशासन खडा गरिने भएको छ । फापरबारीमा शनिबारबाट सञ्चालन भएको तेस्रो बागमती गोल्ड कपको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले धेरै जनगुनासो र स्थानियको माग अनुरुप इलाका प्रशासन कार्यालय स्थापना चाडैं गरिने बताएका छन्, ।

जनताको सेवा प्रवाहमा समस्या आएकोले सेवा केन्द्र स्वरुप कार्यालय ल्याउन आफ्नो ध्यान गएको र चाडैं स्थापना गरिने बताए । उनले कार्यक्रममा बोल्दै यसै गाउँपालिका संग जोडिएर निर्माण हुन लागेको बागमतीको पुल निर्माणमा ढिलाई भएको र आजै सदनमा कुरा उठेको हुनाले सरकारले अन्तिम समय दिएर निर्माण सम्पन्न गर्न मौका दिने नभएको खण्डमा कारवाहीको दायरामा ल्याउने बताए ।

उनले खेलकुदलाई विकास, आर्थिक, स्वास्थ्य र समृद्धिसंग जोडेर लैजानुपर्नेमा जोड दिएका थिए । जनयुद्ध दिवसको अवसरमा सञ्चालन हुने भएता पनि केहि दिन पछि सञ्चालन गरिएको गोल्डकपको प्रशंसा गर्दै नेपालको खेलकुदको क्षेत्रमा मकवानपुरको योगदान ठूलो रहेको बताए । मकवानपुरका खेलाडीले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो खेल प्रदर्शन गरिसकेको बताए । आफु जनयुद्धको समयमा १८ वर्ष अघि आइपुगेको सम्झदै उनले १८ वर्ष पछि यस स्थानमा धेरै परिवर्तन र विकासका काम भइसकेको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल,गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद सापकोटा लगायतले आफ्नो भनाई राखेका थिए ।

बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष तथा गोल्डकपका कार्यक्रम संयोजक अरुण लामा बलको सभाध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्रीका प्रमुख सल्लाहकार सूर्य सुवेदी, प्रदेशसभा सदस्य कुमारी मोक्तान, नेकपा केन्द्रीय सदस्य राजाराम वाग्ले, २ नम्बर प्रदेश सदस्य डिल्लीप्रसाद उप्रेती, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, बागमती गाउँपालिका उपाध्यक्ष धनमाया स्यांतान, बागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहाल, मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौर, सशस्त्र प्रहरी १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक विकास घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा राष्ट्रियस्तरका १० टिमको सहभागिता रहेको छ । खेलको फाइनल खेल फागुन १२ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*