गाँजा सहित भारतिय नागरिक पक्राउ

४ फाल्गुन २०७६, आईतवार १५:४५

मकवानपुर \ मकवानपुर प्रहरीले हेटौडा १९ नेवारपानीबाट भारतिय नम्बर प्लेटको कारको स्पेयर टायरबाट ६४ किलो २ सय ग्राम लागूऔषध गाँजासहित १ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक राजेश कुमार यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवारपानी नजिक जे एच ०९ ए ८३६१ नम्बरको भारतीय कारलाई रोकी जेकजाँच गर्ने क्रममा उक्त कारको स्पेयर टायरबाट लुकाइ छिपाई ल्याएको ३० कुलो ६सय ग्राम र विचको सिटमुनि लुकाइ छिपाई ल्याएको ३३ किलो ६ सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले बताएका छन् ।

पक्राउ पर्नेमा कार चालक भारत, पश्चिम चम्पारण जिल्ला वेतिया गौरीकोट बस्ने बर्ष ४० को भगवान यादव रहेको र निजमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*