४ फाल्गुन २०७६, आईतवार १६:०४
October 27, 2020

रेडियोको वार्षिकोत्सवमा फुटबल, भोली वक्तृत्वकला प्रतियोगिता

४ फाल्गुन २०७६, आईतवार १६:०४

सिधाखबर \ विन्दावासिनी मिडिया प्रा.लि.द्घारा सञ्चालित रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्जको १२ औँ वार्षिकोत्सवका अवसरमा आज चौथो सप्ताहव्यापी कार्यक्रम अन्र्तगत पत्रकार तथा हेटौँडा भेट्रान्सका खेलाडीहरु बीच मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।

हेटौंडाको लोकतान्त्रिक चौरमा भएको मैत्रीपूर्ण खेलमा हेटौंडा भेट्रान्सले पत्रकारको टिमलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । भेट्रान्सको तर्फबाट कृष्ण जोशी, विरेन्द्र खत्री र सुरेश बाँनियाले गोल गरका थिए भने पत्रकारका तर्फबाट रोशन ढकालले एक मात्रै गोल फर्काएका थिए । स्वस्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरीएको प्रतियोगीताले खेल क्षेत्रको बिकाशमा सहयोग पुग्ने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले बताउनुभयो ।

हेटौडा उपमहानगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यमा आयोजित खेलमा वडा अध्यक्ष सिग्देलले रेडियोको गत्तिबिधिले समाज परिबर्तनमा उल्लेख्य भुमिका खेलेको भन्दै खेलकुद क्षेत्रको लागी पनि समेटेर अगाडी बढेकोमा रेडियोलाई अझ धेरै सफल्ताको शुभकामना दिनु भयो । रेडियोका संचालक अरुणराज सुमार्गीले रेडियोले समाजकै पक्षमा सुचना प्रबाह गरीरहेको बताउदै आगामी दिनमा पनि श्रोत बर्गमा निष्पक्ष भएर सुचना प्रबाह गर्न लागीपर्ने बताउनु भयो । उहाँले रेडियोको आम्दानीबाट बचेको रकमलाई पत्रकार भलाई कोषमा सहयोग गर्ने समेत घोषणा गर्नु भयो ।

वार्षिकोत्सव अन्तर्गत भोलि सोमबार सवारी दुर्घटना र उपचारको व्यवस्थापन विषयक जिल्लाका मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ । हेटौँडा ४ अजरअमर रोडस्थित रेडियो परिसरमा विहान ११ बजेदेखि सुरु हुने प्रतियोगिताको रेडियोले प्रत्यक्ष प्रशारण समेत गर्ने छ । त्यस्तै, ६ गते रुपचन्द्र विष्ट र उहाँको व्यक्तित्वबारे अन्तरकृया, वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन ७ गते थाहा वर्ष सम्मान तथा वार्षिकोत्सव समापन कार्यक्रम हुने स्टेशन म्यानेजर गौतमले जानकारी दिनुभयो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन १ गते ‘हेटौंडामा पार्किङ व्यवस्थापनबारे अन्तरक्रिया’, २ गते रक्तदान, ३ गते हिजो ‘नेपाल भ्रमण वर्ष सफल पारौ, सालक संरक्षणमा भूमिका खेलौं’ भन्ने नाराका साथ साइकल ¥याली आयोजना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*