आयोजकलाई नै ८ गोल हान्दै च्यासल विजयी

मंगलबार न्यू डाँफे र जावला खेल युथ क्लवबिच हुने
५ फाल्गुन २०७६, सोमबार २०:१०

झुरझुरे \ पुर्वी मकवानपुरको बागमती गाउँपालिकाको प्रायोजनमा जारी तेश्रो बागमती गोल्डकपको जारी पहिलो क्वाटर फाईनलको पहिलो हाफमा ए डिभिजनको च्यासल यूथ क्लबले आयोजक बागमती गाउँपालिकालाई ८ गोल गर्दै विजयी भएको छ ।

पहिलो हाफको ५ औँ मिनेटमा विदेशी खेलाडी कनिज अजेगोके भुजारीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिए । १० औँ मिनेटमा पनि भुजारीलेनै दोश्रो गोल गरे । खेलको २८ औँ मिनेटमा सुनिल बलले गोल गर्दै टिमलाई ३ गोलको अवस्थामा पु¥याए ।

खेलको ३९ औँ मिनेटमा पुन बलले नै गोल गर्दै टिमलाई ४-० को अग्रता दिलाए । खेलको ४३ औँ मिनेटमा च्यासलका नितेन थापाले गोल गर्दै पहिलो हाफमा ५-० को अग्रता दिलाउन सफल भए ।
खेलको दोस्रो हाफको शुरुको ५८ औँ मिनेटमा च्यासलका तर्फबाट पुन भुजारीले १ गोल र खेलको ८१ औँ मिनेटमा च्यासलकै पुर्ण बहादुर गुरुङले एक गोल गर्दैैैै अगाडि बढाएका हुन्, । भने त्यस्तै हेटौंडेली खेलाडी सुनिल बलले खेलको ८८ मिनेटमा १ गोल थप गर्दै ८-० गोल अन्तरले च्यासल विजयी भएको हो ।

आज भएको खेलकोे म्यान अफ द म्याच भने च्यासलका सुनिल बल हुनु भएको छ । उहाँले नगद सहित ट्रफि प्राप्त गर्नु भएको छ । मकवानपुरको पूर्वीक्षेत्रमा पर्ने बागमती गाउँपालिकामा आयोजित प्रतियोगितामा भोलिको खेल न्यू डाँफे युवा क्लव मकवानपुर र जावला खेल युथ क्लवबिच भोलि दिउँसो २ बजे हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*