बागमती गोल्डकप : जावलाखेल र हिमालयन उपाधीका लागि भिड्दै

१० फाल्गुन २०७६, शनिबार १८:२६

झुरझुरे \  संकटा युवा क्लब काठमाडौंलाई पराजित गर्दै जावलाखेल युवा क्लब तेस्रो बागमती गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । आज मकवानपुरको बागमती गाउँपालिकामा भएको प्रतियोगितामा शनिबार संकटालाई ०२ गोलले हराउँदै जावलाखेल उपाधि नजिक पुगेको हो ।
जावलाखेलले अब उपाधिको लागि हिमालयन शेर्पा क्लवसंग प्रतिस्पर्धा गर्ने छ । दोस्रोे सेमिफाईनल खेलमा जावलाखेल युवा क्लवका विदेशी खेलाडि अदामादुम्बीअले खेलको ३२ औँ मिनेटमा एक गोल गर्दै खेललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ८७ औँ मिनेटमा जावलाखेलका रुप बहादुर लामाले दिएको पासलाई बिमल घिसिङले गोल गर्दै जावलाखेल फाइनल प्रवेश गरेकाके हो । खेलमा जावलाखेका विदेशी खेलाडि अदामादुम्बीअ म्यान अफ दी म्याच घोषित भए ।

गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेताले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद प्रदान गरिएको छ ।

पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो । तेस्रो बागमती गोल्ड कपको फाईनल खेल भोली फागुन ११ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*