‘प्रेमपुजा’को फस्टलुक्स सार्वजानिक

११ फाल्गुन २०७६, आईतवार १६:४५

सिधाखबर \ शिवरात्रीको अवसर पारी नयाँ चलचित्र ‘प्रेम पुजा’को पोस्टर रिलिज भएको छ । हेटौंडेली निर्देशक अमरदीप सापकोटाले निर्देशन गर्ने यस चलचित्रमा मूख्य भूमिकामा रहने अभिनेता भने खुलाईएको छैन । शिवरात्री विशेष पोस्टरमा अभिनेताको पुरा अनुहार लुकाईएको छ ।

निधारमा त्रिपुण्ड लगाएका तथा धार्मिक वस्त्रमा रहेका अभिनेतालाई चलचित्रको औपचारिक घोषणा कार्यक्रममा मात्र चिनाउने तयारी रहेको निर्देशक सापकोटाले बताए । आगामी विजया दशमीमा रिलिज गरिने जनाईएको यो चलचित्र प्रेमकथामा आधारित हुने बताइएको छ ।

चलचित्रको काठमाडौं, चितवन र भारतको बनारसमा छायाँकन हुनेछ । ईन्टरटेन्मेन्ट वर्लडवाईड प्रा.लि.ले निर्माण गर्ने चलचित्रमा कथा, पटकथा तथा संवाद अभिमन्यु निरवीको रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*