जावलाखेललाइ तेस्रो बागमती गोल्डकपको उपाधी

११ फाल्गुन २०७६, आईतवार १८:४१

झुरझुरे \ तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युवा क्लबले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले जावलाखेलले उपाधी हात पारेको हो ।

जावलाखेलका जर्सी नम्बर १५ का खेलाडी ड्याडी जुनियर ४९ औ मिनेटमा गरेको एक मात्र गोल नै जावलाखेलका लागि भाग्यशाली सावित भयो । पहिलो हाफ गोल रहित भएको खेलामा ड्याडी जुनियरले खेलको दोस्रो हाफको पाँचौ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन । जितसंगै जावलाखेलले ६ लाख नगद सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको हिमालयनले ३ लाख सहित शिल्ड र मेडल प्राप्त गरेको छ ।

खेलको म्यान अफ द म्याच जावलाखेलका दिलेन मोक्तान भए । उनले नगद ५ हजार प्राप्त गरे । यसैगरी प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी जावलाखेल युथ क्लबका बिदेशी खेलाडी अदा म डुम्बिया भए । उनले नगद ५० हजार प्राप्त गरे । यसैगरी प्रतियोगितको उत्कृष्ट फरवार्ड जावलाखेलका सुजित बुढाथोकी भए ।

उत्कृष्ट डिफेन्डर हमिालयन शेर्पाका मानबहादुर तामाङ भए भने उत्कृष्ट गोलकिपर जावलाखेलका अरुण ब्लोन भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर जावलाखेलका सुरज ठकुरी भए भने उत्कृष्ट कोच जावलाखेलका किशोर केसि भए । उनीहरुले क्रमशः १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*