‘ए मेरो हजुर ’ ४ को शुभमुहूर्त, आजैबाट छायाँकन सुरु

१६ फाल्गुन २०७६, शुक्रबार १४:१२

काठमाडौँ \ अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा फिल्म ‘ए मेरो हजुर ’ को अर्को सिरिजमा दोहोरिने भएका छन् । शुक्रवार काठमाडौंको गोंगबुमा रहेको कार्यविनायक मन्दिरमा चलचित्र ’ए मेरो हजुर४’ को मुहूर्त गरिएको छ ।

चलचित्रको मुहूर्त समारोहमा अनमोल र सुहानासँगै अभिनेता सलोन बस्नेत, निर्देशक झरना थापा, छायाँकार सञ्जय लामालगायत उपस्थित रहेका थिए । मुहूर्तसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । शुक्रवार काठमाडौंमा केही दृश्य कैद गरेर निर्माण टिम आजै पोखरा प्रस्थान गर्दैछ । पोखरामा १० दिन, काठमाडौं र ललितपुरमा चलचित्रको करीब ३० दिन छायांकन हुने जानकारी प्राप्त छ । यूरोप र ओमानमा गीतको छायांकन गर्ने तयारीमा निर्देशक थापा छिन् । चलचित्रको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ ।

सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘ए मेरो हजुर ४’ अर्को वर्ष (२०७७) को दशैंको फूलपातीमा प्रदर्शनमा आउँदैछ । योसँगै अर्को वर्षको दशैंको फूलपातीलाई ‘छक्का पञ्जा ४’ र महजोडीले निर्माण गर्न लागेको बेनामे फिल्मले पनि प्रदर्शन मिति तोकिसकेका छन् । यो हिसाबले अर्को वर्ष ठूला चलचित्रबीच भिडन्त हुने देखिएको छ । अभिनेत्रीबाट निर्देशक बनेकी झरना थापाको निर्देशनमा बन्ने यो तेस्रो फिल्म हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*