व्यक्तीगत खर्चमा खेलाडी उत्पादन गरीरहेका भीमलाई सापकोटाले गरे ५१ हजार सहयोग

समाचार सम्प्रेषणपछि भीमलाई सहयोग जुटदै, मेयर महतले दिएनन् रकम
२० फाल्गुन २०७६, मंगलवार १७:५४

सिधाखबर \ व्यक्तीगत खर्चमा हेटौडाका भीम लामाले खेलाडी उत्पादन गरेको समाचार हिट हेटौडा अनलाईन टिभीमा प्रसारण भएपछि भीमलाई सहयोग जुट्न थालेको छ । समाचार सुनेर र हेरेर सामाजिक व्यक्तीत्व एवं आईएमई लाईफ ईन्सुरेन्स हेटौडाका वरिष्ठ एजेन्सी म्यानेजर योग्यराज सापकोटाले भीमको हिम्मत र साहसको कदर गर्दै उनको सहजताको लागी ५१ हजार रुपैया सहयोग गरेबमा छन्, ।

हेटौडाको हुप्राचौरमा भुटनदेवी क्लबको आयोजनामा भएको दोश्रो हेटौडा भेट्रान्स कपको फाइनल खेलमा लामालाई सापकोटाले रकम हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यक्रममा जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष सानु लामा, हेटौडा उपमहानगरपालिकाका अधिकृत भीम तिमल्सीना, भुटनदेवी क्लवका अध्यक्ष सविन मोक्तान, सुमन भोम्जन खेलकुद प्रतिष्ठानका अध्यक्ष भेष खड्गी लगाएतको सहभागीता रहेको थियो । सापकोटाको सहयोग सामाजिक कदमप्रति सबैले तारिफ गरेका थिए ।

रकम हस्तान्तरण गर्दै सापकोटाले व्यक्तीगत खर्चमा भीमले देशको लागि खेलाडी उत्पादन गरेको प्रशंसा गर्दै आफनो तर्फबाट सानो सहयोग जुटाएको बताए । उनले भीमको समाचार प्रकाशन गरेर सबैलाई उनको हिम्मत बढाएकोमा हिट हेटौडा अनलाईन टिभीका संचालक मणिराज गौतमलाई समेत धन्यवाद दिए । रकम पाएपछि भीमले खुसी व्यक्त गर्दै हिट हेटौडा अनलाईन टिभी र योग्य सापकोटा प्रति आभार व्यक्त गरेकाछन् । रकमले खेलाडी उत्पादनमा ठुलो राहत पुग्ने बताउदै खेलाडी भीमले अझ मेहेनत गरि अघि बढ्ने बताए । भीमले हाल ३० जना खेलाडीहरुलाई प्रशिक्षण गराई रहेका छन । उनले आफनो व्यक्तिगत खर्चमा ६ बर्षदेखी खेलाडी उत्पादन गराईरहेका छन ।

तपाई बिहानै हेटौडाको हुप्राचौर पुग्नु भयो भने भीमले गरेको संर्घष देख्न सक्नुहुनेछ । मान्छेमा ईच्छा शक्ति भयो भने जे पनि गर्न सक्छ भने जस्तै भीमले पनि फुटबल खेलमा आफनो राम्रै परिचय बनाएका छन् । सत्र वर्ष देखि भीमले फुटबलमा क्रान्ति गर्दै आएका छन् । फुटबल मार्फत आफु र देशलाई चिनाउने उनको ठुलो सपना छ । तर उनले जे सोचे त्यो नपाएको गुनासो गर्छन् । उनले स्थानीय स्थरमा मात्र होईन राष्ट्रिय स्थरमा पनि फुटबल खेल खेलिसकेका छन् ।

मकवानपुरमा फुटबल खेलको लागी बिभिन्न शीर्षकमा बजेटहरु आउने गरेका छन् । तर भीमका लागी ति बजेटहरु के का लागि आउँछन र कति आए गए पत्तो छैन । उनको सोच अलि फरक छ । उनि भन्छन अभाव भएकाहरुले नै फुटबल खेल्ने गर्छन । भीम आर्थिक अभावका बीच पनि मकवानपुरमा फुटबलको क्रान्ति गरीरहेकाछन् । तर उनको दुख र मिहेनत प्रति यहाँका स्थानिय तहतप्काहरुले खासै चासो दिएको देखिदैन् ।

आफनै बलबुतामा फुटबल मार्फत जिल्ला र देशलाई चिनाउने उनको प्रयासमा उनका केही साथीहरुले सहयोग गरिरहेका छन् । यही सहयोगबाट उनी अहिले सम्म चलिरहेकाछन । तर यो प्रयाप्त छैन । भीमको पौरख अनि मिहेनत देखेर हेटौडा उपमहानगरपालीकाका मेयर हरिबहादुर महतले केही महिना अघि हेटौडामा भएको फुटबल खेल कार्यक्रममा आफ्नो भनाई राख्दै भीमलाई मासिक रकम उपलब्ध गराउने घोषणा गर्नु भएको थियो । यो खबरले भीमको मनमा निकै खुसी छायो । मेयर सापको कुरालाई मध्येनजर गर्दै कागजपत्र बटुलेर भीम उपमहानगरपालिका धाए तर महिनौ बित्यो रकम पाउन सकेनन् । भीमको समाचार प्रकाशन पछि खेलप्रेमीहरुले सहयोग जुटाउने कार्य भैरहेको छ । आशा गरौ पत्रकारीताको कलमले समाज सुसुचित होस् । भीमलाई आगामी दिनमा अझ सहयोग बढोस भन्ने कामना गर्दछौ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*