‘हिरो रिर्टन्स’को ट्रेलर सार्वजानिक, बैशाख २६ गते प्रदर्शन हुने

२३ फाल्गुन २०७६, शुक्रबार १५:०१

सिधाखबर \ चलचित्र ‘हिरो रिर्टन्स’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक चलचित्रको ट्रेलरमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रेखा थापाको प्रेममा आउने उतारचढाव ट्रेलरले प्रष्टाएको देखिन्छ । सविन र रेखाको एक्सन अवतार प्रस्तुत गरिएको चलचित्र आगामी बैशाख २६ गतेदेखि सिनेमाघरमा आउँने तय गरिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा अभिनेता सरोज खनाल खलपात्रको भूमिकामा देख्न सकिनेछ भने सुलेमान शंकर (इकु), सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठलगायतको अभिनय रहेको छ । आशिष भेटवालको निर्देशन रहेको यो चलचित्रमा शिवम अधिकारीको लेखनमा निर्माण गरिएको हो ।

चलचित्रत्रमा कास्यप घिमिरेको छायाँकन, मित्र डी गुरुङको सम्पादन तथा दीपक शर्मा र टंक बुढाथोकीको सङ्गीत, कविराज गहतराजले कोरियोग्राफी र चन्द्र पन्तको द्धन्द निर्देशन रहेको छ । ध्रुव तारा फिल्मस् र सोम ओम फिल्मस् को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा भीम न्यौपाने र ध्रुव न्यौपानेले लगानी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*