खाली खुट्टा दौडमा प्रनिता र सविन पहिलो

२४ फाल्गुन २०७६, शनिबार १३:५९

मदन भण्डारी स्पोर्टस एकेडेमी हेटौडा ६ को आयोजनामा शनिबार ३ किमी खाली खुट्टा दौड प्रतियोगिता सम्पन्न भएको छ । हेटौडा ६ चौघडा देखी चुच्चेखोला सम्म र चुच्चेखोला देखी चौघडा सम्म भएको दौडमा महिला तर्फ प्रनिता पुडासैनी प्रथम भएकी छिन् । १ सय १० औं श्रमिक महिला दिवसको अवसरमा आयोजित प्रतियोगितामा विनिसा भट्टराई दोश्रो तथा गीता राइ तेश्रो भएका थिए । यस्तै पुरुष तर्फको ३ किमी खुल्ला दौडमा भने सविन गुरुङ पहिलो भएका छन् भने शुभाष चौलागाइँ दोश्रो र शरण थिङ तृतीय भएका थिए ।

विजयी हुनेलाइ नगद रु ५ हजार, ३ हजार र २ हजारका दरले पुरस्कार प्रदान गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य अनन्त पौडेलले दौड एक किसिमको ब्यायम भएकाले यसले शरीर स्वस्थ्य रहन सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा स्पोर्टस एकेडेमीका केन्द्रिय सदस्य नबिन सिग्देल,हेटौडा उपमहानगरपालीकाका उपमेयर मिना लामा,नेकपा नगर स्वस्थ्य बिभागका संयोजक उत्सब चौलागाई,स्पोर्टस एकेडेमीका जिल्ला अध्यक्ष निरज सिंह ठकुरी लगाएतले बिजयी खेलाडीहरुमा पुरुस्कार प्रदान तथा शुभकामना दिएका थिए । कार्यक्रम स्पोर्टस एकेडेमी वडा नम्बर ६ का अध्यक्ष सुमन लामाको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*