बेलायती स्वास्थ्यमन्त्री नडिन डोरिजलाई कोरोनाको संक्रमण

२८ फाल्गुन २०७६, बुधबार ११:०२

एजेन्सी \ बेलायती स्वास्थ्यमन्त्री तथा कन्जरभेटिभ पार्टीकी सासंद नडिन डोरिजले आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएकी छन् । डोरिज बेलायतमा कोरनाभाइरसको परिक्षणमा पोजेटिभ पाइएकी पहिलो सासंद हुन्, ।

आफूलाई संक्रमण भएको पुष्टि भएपछि अपनाउनुपर्ने सम्पूर्ण सावधानी अपनाइरहेको उनले बताएकी छन्, । हाल उनी आफ्नै घरमा सेल्फ आइसोलेसन मा बसिरहेकी छन्, । बेलायतमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ भने ३८२ जनामा संक्रमित भएका छन्, ।

डोरिजमा कोरनाभाइरसको संक्रमण पुष्टि भएपछि त्यहाँको पब्लिक हेथ इङ्ल्याण्डले डोरिजको सम्पर्कमा आएका मानिसहरूको लगत निकाल्न थालेको छ । उनले हालैका दिनहरूमा वेस्ट मिनिस्टर र आफ्नो निर्वाचन क्षेत्रमा कतिवटा भेटघाट गरिन् भन्ने एकिन भइसकेको छैन ।

संक्रमण भेटिएकी ६२ वर्षिया डोरिजले ट्वीट गर्दै ’सार्है खराब भयो तर मलाई जहाँसम्म लाग्छ म यसको सबैभन्दा खराब अवस्थामा छु’ भनेकी छन्, । ट्वीटमा उनले आफूसँग बस्दै आइरहेकी आफ्नी ८४ वर्षिय आमाले खोक्न सुरु गरेकाले त्यसलाई लिएर आफू चिन्तित रहेको बताएकी छन्, ।

बेलायतले हालसम्म २५ हजार वटा कोरोनाभाइरस संक्रमणको परीक्षण गरिसकेको छ । उसले आफ्नो परीक्षण क्षमतालाई विस्तार गर्ने तयारी गरेको छ । उसले प्रतिदिन १५ सयबाट आफ्नो परीक्षण क्षमतालाई प्रतिदिन १० हजार र्पुयाउने तयारी थालेको बिबिसीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*