यी हुन हिरा लुट्न काठमाडौंबाट मकवानपुर आएका जसलाई प्रहरीले पक्राउ गरे

१० चैत्र २०७६, सोमबार १८:५१

हेटौंडा \  मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्न ३ प्रहरी र एक जना पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय-२ बस्ने २७ बर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका-१ बस्ने २८ बर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन् ।

मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आइतबार साँझ हिरा लुटपाट गरेका थिए । लुटपाट लुटिएको खबरपछि खटिएको ईलाका प्रहरी कार्यालय पालुङको टोलिले उनीहरूलाई पक्राउ गरेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रहरीले उनीहरूको साथबाट हिरा ६१-६० क्यारेट एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ । प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश-३-०१-०१-००२२ च ३३६२ नम्बरको कार समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरू चोरी तथा डाकामुद्धा अन्तरगत अनुसन्धान अघि बढाउने मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*