लक डाउनको समय थप, ३ गते सम्म घरमा नै बस्न सरकारको आग्रह

२४ चैत्र २०७६, सोमबार १६:५६

सिधाखबर \ सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड १९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो । तर, यो अवधिका कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको छ ।

साथै, कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो त्यसपश्चात सोमबार बैठक बसी ३ गते सम्म लक डाउन लगाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*