यो महामारीमा आगामी दुई साता चुनौतीपूर्ण : प्रधानमन्त्री ओली

यो महामारीमा ज्यान गुमाउने सबैमा भाबपुर्ण श्रदान्जली : प्रधानमन्त्री ओली
२५ चैत्र २०७६, मंगलवार १२:१३

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गरेकाछन् । उनले सम्बोधनमा आगामी दुई साता यो महामारीमा देशमा थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । उनले यो अवधिमा कोरोना भाईरसका थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको समेत बताएका छन् । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको समेत उनले बताए । उनले समुदायस्तरमा परीक्षणका लागि सम्भावित जोखिम रहेका जिल्लामा टोली परिचालित भइसकेको बताएका छन्।

उनले यो महामारीमा ज्यान गुमाउने सबैमा भाबपुर्ण श्रदान्जली समेत ब्यक्त गरेकाछन् । यो महामारीको कठिन लडाईमा बिश्वसंग नेपाल एकिबद्धतामा रहेको समेत उनले ब्यक्त गरेकाछन । लकडाउनमा पर्न गएको असुबिधाप्रति क्षमा माग्दै प्रधानमन्त्री ओलीले यो महामारीको औषधी भनेकै लकडाउन भएकाकारण यसलाई पालना गर्दै संक्रमण फैलनबाट बचन सकने उनले बताए । यो महामारीमा सेवा दिईरहेका स्वास्थयकर्मी तथा सरकारी कर्मचारीको योगदालाई उच्च मुल्याकन रहेको बताएकाछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*