संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको ‘तिमी जन जनमा’ वोलको गीत सार्वजनिक

२६ चैत्र २०७६, बुधबार ०९:१३

संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको तिमी ‘जन जनमा’ वोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायीका वुनु श्रेष्ठ र गायक विश्व नेपालीले स्वर दिएकाछन् । गीतमा नरेश प्रधानको शब्द रचना रहेको छ । महामारी र दैवी प्रकोप भन्ने कुरा मानव जीवनमा प्रकृतीद्वारा सृजित हो । मान्छेले नचाहंदा नचाहंदै पनि यो विपत्ती आइलाग्छ ।

यसै सेरोफेरोमा अहिले संसारमा नै कोभिड १९ नाम दिइएको कोरोना भाइरसले मानव जनजीवन अस्तब्यस्त वनाइदिएको छ । हजारौं मान्छेहरुको मृत्यु र लाखौ मानिस यस महामारीवाट संक्रमीत छन् । सारभरका तीनै सवै स्वास्थ्यकर्मीहरु, प्रहरी सुरक्षाकर्मीहरु तथा सेनाहरुलाई उनीहरुको सत्कर्मको लागि प्रोत्साहित गर्ने हेतुले गीत तयार पारीएको संगीतकार श्रेष्ठले सिधाखबरलाई बताएकाछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*