सहयोगको अभियान चलाएका श्रेष्ठद्धारा ४१ परिवारलाई खाद्यान्न सहयोग

उनी भन्छन्,: मिलेर काम गरौं
२७ चैत्र २०७६, बिहीबार १६:४१

सिधाखबर \ लकडाउनको अवधिमा दैनिक गुजारा चलाउन गाह्रो परेको परिवारलाई खाद्यान्न वितरण गरिएको छ । हेटौंडामा दैनिक ज्यालादारी गर्ने मजदुरका ४० घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

झण्डै पाँच दिन देखि सामाजिक सञ्जालबाट अभियान चलाएका हेटौंडाका युवा व्यवसायी विकेशलाल श्रेष्ठले हाल सम्म १ लाख ९२ हजार पाँच सय संकलन भएको सोहीबाट केहि समय अघि ५२ घर परिवार र बुधबार ४१ घर परिवारलाई खाद्यान्न वितरण गरिएको समाजसेवी तथा युवा व्यवसायी श्रेष्ठले बताए ।

आफुले अभियानमा १५ हजार हालेर अभियान सुरु गरेको र हाल एक लाख ९२ हजार ५०० संकलन भएको बताए । सहयोगको रुपमा जिल्ला भित्रका साथीभाइ मात्र नभएर काठमाडौं लगायत अन्य जिल्लाबाट पनि आर्थिक सहयोग भइरहेको उनले बताए ।

सहयोग गर्नेलाई धन्यवाद दिदैं श्रेष्ठ भन्छन्, विपद्को समयमा हाम्रो पनि सामाजिक उत्तरदायित्व रहने भएकाले सहयोग गरेको उनको भनाइ रहेको छ । विपद्को बेला सक्नेले आफ्नो अभियानमा जुट्न र मलाई साथ दिन अनुरोध समेत गरेका छन्, ।

आफुले सबै क्षेत्रमा सम्बन्धित पिडित व्यक्ती पहिचान गर्न गाह्रो हुने भएकाले सम्बन्धित वडाका विभिन्न व्यक्तीत्वहरुको साथ र सहयोगमा खाद्यान्न वितरण गर्ने गरेको उनले बताए । यहाँ दैनिक ज्यालादारी गर्ने मजदुरहरु हप्तौं वितिसक्दा पनि घरभित्र बस्नुपर्दा र खाद्यान्नको अभावको पिडा भएकोले यो अभियान सञ्चालन गरि आफुले सहयोग प्रदान गर्दै आइरहेको उनले बताए ।

नगरभित्र राहतको नाममा राजनिती भइरहेको अवस्था आफुले निस्वास्र्थ कुनै राजनिति भाव नराखी सबैलाई समान सहयोग गरेको उनको भनाइ रहेको छ । केहि खाद्यान्न सहयोग गर्ने अनि फोटो सेसन गर्ने र सामाजिक सञ्जाल रङ्ग्याउने कार्य भइरहेको बेला अब सबै मिलेर यो अवस्थामा पार्टी/दल नभनी एकजुट भई काम गर्न / गराउन श्रेष्ठको अपिल रहेको छ । हेटौंडा उपमहानगर भित्र जो कोही खाद्यान्न अभावमा बस्नुपरेको छ उनीहरुलाई आफुले सहयोग गर्ने उनले बताए ।

यही हो बुधबार श्रेष्ठले वितरण गरेको विवरण । उनले वडाका विभिन्न व्यक्तीहरुको पहलमा सहयोग गर्दै आइरहेका छन्, ।

Bikesh Lal Shrestha को फोटो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*