सुस्केराले ल्यायो टाढै बसौ बिन्ती छ बारम्बार ! शन्देशमुलक कोरोना गीत (भिडियो सहित)

२७ चैत्र २०७६, बिहीबार २०:४९

लामो समय देखी मकवानपुरबाट सांगेतिक क्षेत्रमा उदाएको सुस्केरा परिबारले कोरोना भाईरस रोकथामका उपायहरु समाबेश गरेको जनचेतनामुलक शन्देश गीत बजारमा ल्याएको छ । दाजु र भाई दिदि र बहिनी मन चिसो भाको छ बोलको गीतलाई हिट हेटौडा अनलाईन टिभी मार्फत सार्बजनिक गरीएको हो । हेटौडा ५ सानो पोखरामा रहेको सुस्केरा परिबारले ल्याएको गीतमा शब्द संगित राम कार्कीको रहेको छ भने गीतमा सुन्द शाही,यादब श्रेष्ठ,उत्तरकुमार दुलाल,मनिष गौतम,मनिष दाहाल लगाएतको संयुक्त गायन रहेको छ । गीतले कोरोना भाईरस कसरी सर्दछ र यसको रोकथामको लागी के के गर्नु पर्दछ भन्ने शन्देश प्रबाह गर्नेछ । करीब दई मिनेट लामो गीतले समाजमा शनदेश प्रबाह गर्ने सोचले गीत तयार गरीएको संगीतकार कार्कीले बताएकाछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*