बस्तिपुर जेसीजको सहयोग अभियान सुरु, वडा १९ लाई २० हजार सहयोग

२८ चैत्र २०७६, शुक्रबार ०९:१९

सिधाखबर \ बस्तिपुर जेसीज हाँडीखोलाले कोरोना भाइरसका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्ने अभियान सुरु गरेको छ । शुक्रबार बिहान हेटौंडाको १९ नम्बर वडालाई नगद २० हजार रुपैयाँ सहयोग गरेको हो ।

वडाको लागि आवश्यक सामग्री खरिदको लागि नगद सहयोग गरिएको बताइएको छ । जेसीजमा आवद्ध सदस्य संग नगद संकलन गरी आर्थिक सहयोग गरिएको बस्तिपुर जेसीज हाँडीखोला वर्ष सन् २०२० अध्यक्ष जयराम सुबेदीले बताए ।

बस्तिपुर जेसीजको कार्यक्षेत्र मकवानपुरको मनहरी गाउँपालिका, हेटौंडाको १९ नम्बर र ३ नम्बर वडा रहेको छ । अब मनहरी गाउँपालिका र ३ नम्बर वडालाई नगद आर्थिक सहयोग गरिने अध्यक्ष सुबेदीले जानकारी दिए ।

युवाहरुको अन्तराष्ट्रिय संस्था जेसीज र यसमा आवद्ध हामी यो महामारीको अवस्थामा चुप लागेर बस्ने कुरा भएनू, अध्यक्ष सुबेदीले भने, हाम्रो कार्यक्षेत्र अन्तर्गतको १९ नम्बर वडालाई सहयोग गर्यौ, अब मनहरी गाउँपालिका र ३ नम्बर वडालाई एकदुइ दिन भित्रै सहयोग हस्तान्तरण गर्नेछौं ।

स्थानीय तहलाई यो विपदको अवस्थामा काम गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको बताइएको छ । १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदीले विपदको अवस्थामा सहयोग एवम् सहकार्य गरेको भन्दै खुसी व्यक्त गरे । सबैको सहयोग र समन्वय भएमा स्थानीय तहलाई काम गर्न अझै सहज हुने उनको भनाई थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु इन्दिरा तामाङ, शान्ति विश्वकर्मा, वडा सचिव वसन्तकुमार सिटौलासहित स्थानीय राजनीति दलका प्रमुख प्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधि र जेसीजका पदाधिकारीको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*