कुवेतमा कोरोनाबाट १४ नेपाली संक्रमित

३ बैशाख २०७७, बुधबार १८:३५

काठमाडौं \ कुवेतमा कोरोना संक्रमित नेपालीको सङ्ख्या १४ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबारसम्ममा संक्रमित नेपालीको संख्या १४ पुगेको जानकारी दिएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जनाएका छन्, ।

संक्रमित सबैको स्वास्थ्य अवस्था स्थिर रहेको र कुवेत सरकारले आफ्ना नागरिकसरह नै उपचार गरिरहेको पनि सिलवालले बताए ।
कुवेतले यसअघि नै विदेशी नागरिकलाई पनि आफ्नो नागरिकसरह उपचार गर्ने बताएको थियो । कुवेतमा अहिलेसम्म १४ सय ५ जनामा कोरोना संक्रमण भएको छ ।

२०६ जना उपचारपछि निको भएका छन्, भने १ हजार १९६ जनाको अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*