एकै दिन बहराइनमा कार्यरत २७ नेपालीमा कोरोना संक्रमण

६ बैशाख २०७७, शनिबार ०७:२६

बहरानइनमा कार्यरत २७ जना नेपाली कामदारलाई कोरोना भाइरस को संक्रमण देखिएको छ। यो सँगै बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावासले जनाएको छ। उनीहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ।

उनीहरुको अवस्था सामान्य रहेको पनि नेपाली दूतावासले जनाएको छ। नयाँ संक्रमितको विस्तृत जानकारी आएको छैन।बहराइनमा अहिले सम्म १७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ जनाको मृत्यु भएको छ भने ७ सय २५ जना निको भएर घर फर्किसकेका छन्। शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस को संक्रमण देखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*