विश्वभर ४१ लाख बढी कोरोना संक्रमित, २ लाख ८३ हजार बढीको मृत्यु

२९ बैशाख २०७७, सोमबार ०९:२२

काठमाडौं \ विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार नाघेको छ । संक्रमितहरुको संख्या साढें ४१ लाखभन्दा बढी छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

सो विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७९ हजार ५२६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख २४ हजार ३५० जना संक्रमित छन् भने २६ हजार ६ सय २१ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख २० हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि हुँदा ३१ हजार ९३० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*