३१ बैशाख २०७७, बुधबार १३:२२
October 28, 2020

राष्ट्रिय वक्तित्वकला प्रतियोगितामा ! हेटौँडाका छतेन्द्र प्रथम (भिडियो सहित हेर्नुहोस )

३१ बैशाख २०७७, बुधबार १३:२२

सिधाखबर \ राष्ट्रिय वक्क्तीत्वकला प्रतियोगितामा हेटौँडा जेसीजका छतेन्द्र आचार्य प्रथम भएका छन्, । नेपाल जेसीजको आयोजनामा गत सोमबार अनलाइन मार्फत गरिएको प्रतियोगितामा आचार्यले नेपालभरका २९ जना प्रतियोगीहरुलाई पछाडि पार्दै पहिलो स्थान हासिल गर्न सफल भएका थिए ।

त्यस्तै कोहलपुर जेसीजकी कृतिका आचार्य दोस्रो र काठमाडौँ जेसीजकी तारा न्यौपाने तृतिय भएका थिए । विश्व महामारी चुनौती र अवसर’ विषयक वक्क्तीत्वकलामा नेपाल जेसिज अन्तरगतका २९ वटा शाखाहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा भलवारी जेसीजका पूर्व अध्यक्ष मुक्तिनाथ गैरे, नेपाल जेसिजकी पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रश्मी शिल्पकार र पूर्व राष्ट्रिय उपाध्यक्ष मन्जरी घिमिरेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

नेपाल जेसीज सीप विकास कमिटीकी अध्यक्ष समेत रहेकी सिनेटर रुक्मणी सिग्देलको सभाध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक सङ्खर प्रमुख अतिथि रहेका थिए । अनलाईन मार्फत गरीएको प्रतियोगीतामा आचार्यले आफनो खरो प्रस्तुती दिन सफल भएका थिए ।

पहिलो पटक अनलाईन मार्फत नेपाल जेसिजले आयोजना गरेको यो प्रतियोगीतामा प्रथम हुन सफल आचार्यलाई सिधाखबर डटकमको तर्फबाट हार्दिक बधाई दिन चाहान्छौ । राष्ट्रिय वक्क्तीत्वकला प्रतियोगितामा हेटौँडा छतेन्द्रले दिएको अनलाईन वक्क्तीत्व यस्तो छ भिडियो हेर्नुहोस ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*