नेकपा वडा कमिटिले दियो रिद्धिसिद्धि सिमेन्टलाई ध्यानाकर्षण पत्र

१ जेष्ठ २०७७, बिहीबार १६:१८

सिधाखबर \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा सञ्चालित रिद्धिसिद्धि सिमेन्ट उद्योगलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ध्यानाकर्षण पत्र बुझाएको छ ।

विहीबार नेकपा वडा कमिटिका अध्यक्ष दीपेश थिङले सिमेन्ट उद्योगमा नै पुगी उद्योगका जेनरल म्यानेजर लोकेन्द्र मल्ललाई पत्र बुझाएका थिए । विश्व कोरोनाको संक्रमणले महामारी फैलिरहेको अवस्थामा नेपालमा पनि कोरोनाको संक्रमण बढिरहेको अवस्था छ ।

छिमेकी राष्ट्र भारत र तराईका केहि जिल्लाहरुमा कोरोनाको संक्रमण बढीरहेको अवस्थामा उद्योगमा कार्यरत कर्मचारी भारतीय नागरिक र केहि छिमेकी तराईका जिल्लाका नेपालीहरु रहेको र साथै सवारी साधन आवातजावत भैरहेकोले जोखिम बढ्ने अनुमान रहेकाले पत्र बुझाएको नेकपा अध्यक्ष दिपेश थिङले सिधाखबर संग भने ।

कर्मचारी हेरफेर वा आउनेजाने गरेको शंका लागेकोले जोखिम बढ्ने हिसाबले नेकपा पार्टी वडा कमिटिको गम्भिर ध्यानाकर्षण रहेको अध्यक्ष थिङले बताए ।

अध्यक्ष थिङले भने, ‘हामीले उच्च सुरक्षा कायम गरि मकवानपुर जिल्लाकै कर्मचारीहरुले नै सञ्चालन गर्न गराउन भनेका छौं अब उद्योगले सोही अनुरुप कार्यान्वयन गर्ला भन्ने विश्वास लिएको छु ।’

पत्र बुझे पश्चात मल्लले आफु यस विषयमा गम्भिर रहेको र उच्च सुरक्षाका साथ काम कार्यान्वय गरिने बताएका छन्, ।

पत्र बुझाउदाँ वडा नम्बर १५ का ईन्र्चाज मनकुमार लो, सह ईन्र्चाज पदम बहादुर लो, वडा पार्टी सचिव गिता प्रसाद दुलाल, निर्वाचित वडा सदस्य तथा कार्यपालिका सदस्य पातली माया गोङबा लगायत अन्य पार्टीका सचिवालय सदस्यहरुको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*