यी सांसद जसले नीति तथा कार्यक्रममा सहभागी हुन पाउने छैनन्

२ जेष्ठ २०७७, शुक्रबार १०:३९

संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवि भण्डारीले अपरान्ह चार बजे आज शुक्रबार दुबै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तु गर्ने कार्यसूची रहेको छ। तर, १३ जना सांसदहरु भने सरकारको नीति तथमा कार्यक्रम प्रस्तुत हुँदा संघीय संसद भवनमा सहभागी हुन पाउँने छैनन्। संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाकाअनुसार प्रतिनिधिसभाका ११ जना र राष्ट्रियसभाका २ जना गरी १३ जना सांसद सहभागी हुन नपाउने भएका हुन्।

उनले भने, कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षण नगर्नु भएका सांसदहरु संसदको बैठकमा सहभागी हुन पाउनुहुन्न’ धमलाले भने, ‘प्रतिनिधिसभाका ७ जना, राष्ट्रियसभाका दुई जना सदस्यको पीसीआर जाँच नभएकोले उहाँहरू सहभागी हुन पाउनुहुन्न।

’ प्रतिनिधिसभाका नरमाया ढकाल, किशोरसिंह राठौर, जयकुमार राई, कुमारी थेबे, रुबी नाज, सूर्यबहादुर केसी र नागेन्द्र कुमार नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसद बैठकमा हुने छैनन्। यस्तै राष्ट्रियसभाका राधेश्याम पासवान र नरपति सुनुवार पनि नीति तथा कार्यक्रम प्रस्तुत हुँदा संघीय संसद भवनमा हुनेछैनन्। उनीहरु काठमाडौं बाहिर रहेकोले कोरोना परिक्षण हुन पाएको छैन्। प्रतिनिधिसभाका चार जना सांसदहरु भने विभिन्न मुद्धाका कारण निलम्बनमा परेका छन्।

विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशमलाल चौधरी, हरिनारायण प्रसाद रौनियार गरी चार सांसद निलम्बनमा छन्। सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संघीय संसद भवनमा ३२० जना सांसदहरु मात्रै उपस्थित हुनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*