चपसंघ हेटौडाद्धारा सम्मान तथा पुरस्कार घोषणा

माहामारी सामान्य बनेपछि गिरी,दाहाल र लामालाई प्रदान गरीने
२ जेष्ठ २०७७, शुक्रबार १३:०५

सिधाखबर \ चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले जेठ ७ गते मनाईने चलचित्र पत्रकारिता दिवसको अवसरमा ३ जनालाई सम्मान गर्ने भएको छ ।

आज बसेको संघको बैठकले दिवसको अवसरमा प्रदान गर्दै आएको चलचित्र पत्रकारिता पुरस्कार-२०७७ बाट मकवानपुरबाट गोरखापत्रमा कार्यरत पत्रकार राममणी दाहाल,राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०७७ बाट चलचित्र पत्रकार संघ नेपालका पुर्व अध्यक्ष बिदुर गिरी र चलचित्र कलाकर्मी सम्मान -२०७७ बाट मकवानपुरबाट कलाकारीतामा लागेका नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई सम्मानित गरिने भएको छ ।

हाल कोरोना भाईरसको महामारीको कारण यो वर्ष प्रदान गरीने पुरस्कारलाई महामारीको स्थिती सामान्य भएपछि मात्रै प्रदान गरीने संघका अध्यक्ष मणीराज गौतमले बताए ।

दाहाललाई नगद पाँच हजार सहित सम्मानपत्र,गिरीलाई नगद ११ हजार १ सय ११ रुपैयाँको रासी सहित सम्मानपत्र र लामालाई दोसाल्ला ओडाएर सम्मानपत्रले सम्मान गरीने भएको छ ।

सबै पुरुस्कार तथा सम्मानलाई कोरोना भाईरस सक्रमणको अबस्था सामान्य भएपछि मात्र भब्य कार्यक्रमको आयोजना गर्दै प्रदान गरीने अध्यक्ष गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*