चपसंघ चितवनद्धारा ३ पत्रकार र १ कलाकारलाई सम्मान गर्ने घोषणा

७ जेष्ठ २०७७, बुधबार ११:०७

चलचित्र पत्रकारिता दिवस तथा चलचित्र पत्रकार संघ नेपालको २१ औं बार्षिक उत्सवका अबसरमा चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाले बुधबार बिज्ञप्ती निकालदै पुरुस्कार तथा सम्मान घोषणा गरेको छ । हरेक वर्ष जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको र यो पटक भने कोरोना भाइरसको महामारीको कारण चलचित्र पत्रकारिता दिवसको अवसरमा कुनै पनि औपचारिक कार्यक्रम नहुने भएकोले पुरुस्कार सम्मान मात्र घोषण गरेको चित्तवन शाखा अध्यक्ष रबि अधिकारीले बताए ।

यो बर्ष संघले नेपाली चलचित्रमा अतुलनिय योगदान पुर्‍याउने एक कलाकार, चितवनमा रहेर चलचित्र पत्रकारिता गरिरहेका २ जना पत्रकार र काठमाडौंमा रही चलचित्र पत्रकारिता गरिरहेका एक पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको हो । संघले यस पटक बरिष्ठ कलाकार ॠद्दीचरण श्रेष्ठ, चितवनका चलचित्र पत्रकारद्वय किशोर खनाल,सुशील पन्त र काठमाडौंका बिजय आवाज सुवेदी लाई सम्मान गर्ने भएको हो । उनिहरुलाई जनही ५ हजार ५ सय नगदसहित सम्मान गरिने संघका अध्यक्ष अधिकारीले बताए ।

संघले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै बरिष्ठ कलाकार ॠद्दीचरण श्रेष्ठलाई सम्मान गर्न लागेको हो । श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखी पुर्‍याएको अतुलनिय योगदानको उच्च कदर गर्दै सम्मान गर्न लागिएको बताईएको छ । कोरोना महामारी सामान्य भएपछि सम्मान तथा पुरुस्कार प्रदान कार्यक्रमलाई आयोजना गर्ने अध्यक्ष अधिकारीले बताएकाछन् ।यस्तै चलचित्र पत्रकार संघ नेपाल मकपानपुर शाखाले पनि केहीदिन अघिनै पत्रकार राममणी दाहाल, बिदुर गिरी र कलाकर्मी पुष्कर लामालाई सम्मान तथा पुरुस्कार दिने घोषणा गरीसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*