नेपालको नयाँ नक्सा सार्वजनिक, नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने

७ जेष्ठ २०७७, बुधबार १४:५३

काठमाडौं \  सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री पद्मा अर्यालले उक्त नक्सा सार्वजनिक गरिएको हो ।

गत सोमबार मन्त्री अर्यालले उक्त नक्सा पेश गरेकी थिइन्, । सोही दिन मन्त्रिपरिषद्ले पारित गरेको थियो । नेपालले नयाँ राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ ।

अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*