७ जेष्ठ २०७७, बुधबार १८:४१
October 28, 2020

चलचित्र पत्रकारीता दिवसको अवसरमा रक्तदान

७ जेष्ठ २०७७, बुधबार १८:४१

दाङ \ राष्ट्रिय चलचित्र पत्रकारीता दिवस २०७७ तथा चलचित्र पत्रकार संघ नेपालकोे २१ वार्षिकोत्सवको अवसरमा चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका प्राय सबै देशहरु प्रभावित भएका छन्। नेपाल पनि केही दिन यता तीव्र गतिमा कोरोनाका संक्रमितहरु देखिन थालेका छन्, र नेपाल अहिले लकडाउनमा छ । लकडाउन भएसंगै दाङमा रगतको अभाव हुँदै गएको छ । त्यसैलाई मध्येनजर गर्दै चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले रक्तदान कार्यक्रम गरेको हो ।

लकडाउनकै कारण संघले हरेक वर्षको वार्षिकोत्सब तथा पत्रकारिता दिवसमा वितरण गर्दै आएको पुरस्कार र सम्मानको औपचारिक कार्यक्रमलाई स्थगित राख्दै यो वर्ष दाङ शाखाले सामाजिक दुरी कायम राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष शिव पुनले बताए ।

कार्यक्रममा त्रीशिद्धेश्वरी राप्ती यातायात प्रा.लि. का अध्यक्ष एवं समाजसेवी सुरेश हमाल, चलचित्र पत्रकार संघ दाङका पदाधिकारी,सदस्य,विभिन्न मिडियामा आवद्ध पत्रकार, व्यवसायी र जिल्लामा क्रियाशिल सामाजिक संस्था दाह्री ग्याङका सदस्य सहित १८ जनाले रक्तदान गरेका छन्, ।

संघले आयोजना गरेको रक्तदान कार्यक्रममा संघका सल्लाहकार शरद रेग्मी, त्रीशिद्धेश्वरी राप्ती यातायात प्रा.लिका अध्यक्ष सुरेश हमाल, रासस राप्ती प्रमुख नारायणी रजौरे, तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा सदस्य सुरेश श्रेष्ठ, चलचित्र पत्रकार संघ दाङका संस्थापक उपाध्यक्ष चेतन रेग्मी लगाएतको पनि सहभागीता रहेको थियोे ।

रक्तदान कार्यक्रममा भुपेश वली, राजेश खत्री,सुरेश हमाल, चेतन रेग्मी, अन्जना चौधरी, राजेन्द्र महतरा, निर्मल खड्का, एच आर मगर, झग्गु भण्डारी, शान्ति जि एम, प्रवेश भुसाल, विनायक रेग्मी, प्रकाश डागी, विकाश कुसारी मगर, प्रविन रिजान, सुमन रिजाल, विवेक वली, ढुण्डीराज वलीले रक्तदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*