सामाजिक सुरक्षा भत्ता रोक्नु कानून र नियमविपरीत : नेपाली कांग्रेस

८ जेष्ठ २०७७, बिहीबार १०:५८

नेपाली कांग्रेसले अपांगता भएका र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने भनी गरेको निर्णयप्रति आपत्ति जनाएको छ । सरकारले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने निर्णय गरेको थियो ।

नेपालको संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान रहेको भन्दै कांग्रेसले सामाजिक सुरक्षा भत्ता रोक्नु कानून र नियमविपरीत भएको बताएको छ ।

कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य हो’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्तिमा भनेका छन् । कांग्रेसले उक्त निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*