लकडाउनको ६० औं दिन,प्रदेश राजधानीमा कतै खुल्ला त कतै कडाई

९ जेष्ठ २०७७, शुक्रबार ०९:२२

सिधाखबर \ सरकारले लकडाउन घोषणा गरेको आज ६० औं दिन हो । कोरोनाको प्रकोप फैलिन थाले पछि सरकारले चैत्र ११ गतेबाट लकडाउनको घोषणा गर्यो । विभिन्न समयमा लकडाउनको समय सिमा बढ्दै जादाँ आज ६० औं दिन समेत भइसकेको छ ।

लकडाउनको बेला बागमती प्रदेश राजधानी हेटौंडामा प्रशासनले ९ बजे सम्म अतिआवश्यक सामान खरिद विक्री गर्न दिएकोले विहान सवारी चाप बढेको अवस्था छ । विभिन्न बहाना बनाई हिड्नेलाई कडा कारवाही गर्ने गरेको प्रहरी प्रशासनले दैनिक सयौं संख्यामा सवारी साधन नियन्त्रणमा लिने गरेको छ ।

हेटौंडा बजार छिर्न चौकीटोल, क्याम्पाडाँडा, एचआईडी र राप्तीपुलनिर कडाईका साथ सवारी चेक भइरहेता पनि कतै कडाई छ भने कतै खुल्ला रहेको पाइन्छ । हेटौंडाको मुख्यभाग बुद्धचोक, कान्तिराजपथ र स्कुलरोडमा मोटरसाइकल, अटो सहित अन्य सवारी साधनहरुको चाप बढी रहेको पाइन्छ । नेपालमा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाए पनि मानिसहरुमा कोरोनाको चेत नपुगेको विहानको बजारको भिड र सामान खरिद विक्री गर्दाको समाजिक दुरी हेर्दा अनुमान लगाउन सकिन्छ ।

प्रायः खाद्यान्न ओसारपसारमा प्रयोग भएका अटो,ट्रक र अन्य सवारी साधन बाहेक मोटरसाइकलमा धेरै जसो गुडिरहेको पाइएको छ । प्रशासनले कडा गरेको छ भनेता पनि बजारको भिड र मानिसहरु पैदल यात्रा हेर्दाले कडाई कतै नभएको भान हुन्छ ।

बजारबाट विहान आफ्नो मोटोपन र शारिरीक व्यायमको लागि सामरी पुल सम्म मर्निङ वाकको नाममा मानिसहरु ताँती सरि हिडडुल गरिरहेको पाइन्छ । जसले लकडाउनको व्यवास्ता गरेको आभाष महसुस हुन्छ ।

हाल सम्म मकवानपुरमा परिक्षण गरेर कोरानो पोजेटिभ नभएको अवस्था छ तर मकवानपुर घर भएका तर अन्य स्थानमा परिक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको पाईएको छ । छिमेकी प्रदेश वा जिल्ला बारा पर्सामा कोरोना संक्रमितको संख्या बढी रहेको बेला मकवानपुर जिल्ला बासी सजग रहनुपर्ने अहिलेको आवश्यकता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*