• २०७७ माघ ०९, शुक्रबार
  • नेपालमा आजमात्रै ५० जनामा कोरोना, ७० जना निको भई घर फर्के

    ९ जेष्ठ २०७७, शुक्रबार १८:३४

    सिधाखबर \ नेपालमा दैनिक (कोभिड(१९) कोरोना भाइरसका संक्रमित थपिँदै गएका छन्, । शुक्रबारमात्रै कोरोेना संक्रमितको संख्या ५० जना थपिएको छ । विहान ३० जनामा कोरोना संक्रमण भएको पुष्टी जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको थियो । दिउँसो २० जनामा कोरोना संक्रमित भएको मन्त्रालयले पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म उपचारपछि निको भएर ७० जना घर फर्केका छन्, । सरकारले कोरोना परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढेका हुन्, । नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले यसलाई रोकथाम, उपचार तथा नियन्त्रण गर्न देशभर लकडाउन घोषणा गरेको २ महिना पुरा भएको छ । लकडाउन गरेको २ महिना वितेपनि प्रयाप्त परीक्षण हुन नसकेको गुनासो बढ्दै आएको छ ।

    त्यतिमात्रै होइन, संक्रमितको संख्या बढ्दै गएपछि स्थिति भयावह हुनसक्ने भन्दै सर्वसाधारणमा थप त्रास पैदा भएको छ । तर सरकारले भने यो रोगलाई परास्त गर्न लकडाउनको पालना र सामाजिक दुरी कायम गर्नुनै सवैभन्दा उत्तम विकल्प भएकाले पालना गर्न आग्रह गरिरहेको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *