कोरोना संक्रमित भनिएकी महिला हेटौंडामा उपचार गरि रिफर भएको खुलासा

१० जेष्ठ २०७७, शनिबार १२:५९

हेटौंडा \ हेटौंडा ३ की कोरोना संक्रमित भनिएकी महिलाले केही दिन अघि हेटौंडा अस्पतालमा उपचार गरेको खुलासा भएको छ ।

संक्रमित हेटौंडाको भएपनि भक्तपुर बस्दै आएको यसअघि स्वास्थ्यकर्मी र सुरक्षा स्रोतले जानकारी दिएपनि उनी एक साता अघि हेटौंडा अस्पतालमा उपचारका लागि आएको खुलेको हो ।

उनी स्वासप्रश्वास र पेटमा समस्या लिएर आकस्मिक कक्षमा पुगेकोमा थप उपचारका लागि काठमाडौं रिफर गरेको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए ।

महिलाको सम्पर्कमा आएका चिकित्सकहरुलाई क्वारेन्टाइनमा राखिने भएको छ भने सबै स्वस्थ्यकर्मीको परिक्षण गरीन लागेको डा. हरी खडकाले जानकारी गराउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*