हेटौडाका शम्भु नकर्मी लायन्स ३२५ बि टु को डिस्ट्रीक गभर्नर पदमा बिजयी

१० जेष्ठ २०७७, शनिबार १७:०९

लायन वर्ष २०२० र २१ को लागी लायन्स कल्ब ईन्टरनेश्नल ३२५ बि टु को डिस्ट्रीक गभर्नर पदमा हेटौडाका लायन शम्भु नकर्मी चयन हुनुभएको छ । यस अघि प्रथम भाइस डिस्ट्रीक गभर्नर रहेका नकर्मी आज भएको डिजिटल ८ औ राष्ट्रिय महाधिवेनबाट डिस्ट्रीक गभर्नर पदमा  ९९.४३ प्रतिशत सकारात्मक मत प्राप्त गरी  डिस्ट्रीक गभर्नर बन्नुभएको हो ।

लायन्स क्लब अफ मकवानपुर हेटौंडाका सस्थापक अध्यक्ष समेत रहेका लकर्मी यही लायन्स कल्बबाट लायन्समा प्रबेश गरेका हुन । उनि एमजेएफ समेत रहेका छन । उनि संगै ८ औ महाधिवेशनबाट प्रथम भाइस डिस्ट्रीक गभर्नर पदमा राम प्रसाद भट्ट,दितिय भाइस डिस्ट्रीक गभर्नरमा लायन सिवी चन्द बिजयी हुनु भएको छ ।

लायन नकर्मीले सामाजिक कार्यमा अझ जिम्मेवारी बढेको बताउदै आगामी दिनमा लायन्स मार्फत अझ सकृयताका साथ सामाजीक कार्य गर्ने बताएकाछन् । लायनको भावना लिएर अगाडी बढने बताउदै नर्कर्मीले आफुलाई यस भोट दिएर बिश्वासको मत दिने सबै लायन्सकर्मीहरुमा धन्यबाद प्रदान गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*