रेडक्रस सोसाइटी उपशाखाले वडा प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

१० जेष्ठ २०७७, शनिबार १७:५२

नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले वडा प्रहरी कार्यालयलाई सर्जिकल मास्क तथा सेनिटाईजर हस्तान्तरण गरेको छ । शनिबार कोरोना संक्रमण रोकथामका लागि फ्रन्टलाईन खटिएका सुरक्षाकर्मीहरु पनि असुरक्षित भएकोले स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो । हेटौंडा उपशाखाले १ हजार थान सर्जिकल माक्स तथा २।५ लिटर हेन्ड सेनिटाइजर हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री हेटौंडा उपशाखा सभापति शिवहरि दाहाल,नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका सभापति सुर्यचन्द्र न्यौपाने तथा हेटौंडा उपमहानगरपालिका ४ नं वडाका अध्यक्ष नवीन सिग्देल लगाएतको उपस्थितिमा प्रहरी कार्यालयका निरीक्षक इश्वरि भण्डारीलाई सामान हस्तान्तरण गरिएको हो । कोरोनाको महामारिमा २४ घन्टा आफ्नो कार्यस्थलमा खटिनुपर्ने हुदा जोखिमलाई न्युनिकरण गर्न सहयोग पुग्ने विश्वास लिएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिवहरि दाहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*