हेटौडा अस्पतालका १ सय ५० कर्मचारीको कोरोना परिक्षण ! रिपोर्टका आधारमा ओपिडी शिल्ड गर्ने

रिपोर्ट शनिबार बेलुका या आईतबार बिहान सम्म आईसक्ने
१० जेष्ठ २०७७, शनिबार १८:१४

हेटौंडा ३ की एक जना महिलामा कोरोना संक्रमण पुष्टी भएपछि हेटौंडा अस्पतालले कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको छ । काठमाडौँ जानुअघि ती बिरामी महिला हेटौंडा अस्पतालमा गत ४ गते उपचार गर्न गएको र करीब ७ घण्टा अस्पतालमा बसेको आधारमा उनको उपचारमा संलग्न डाक्टर, ल्याबमा कार्यरत कर्मचारी, तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न सबैको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।

कोरोना संक्रमित महिला एक साता अघि हेटौंड अस्पतालमा उपचारका लागि आएको खुलेको हो । उनी स्वासप्रस्वास र पेटमा समस्या लिएर आकस्मिक कक्षमा पुगेकोमा थप उपचारका लागि काठमाडौं रिफर गरिएको जनाइएको छ । जसकारण हेटौडा अस्पतालका डाक्टर, नर्ष, अनमी, अहेव,ल्यावका प्राविधिक, कर्मचारी सहित ९० जनाको कोरोना संक्रमणको परिक्षणका लागि स्वाव संकलन गरिएको हेटौंडा अस्पतालका बाल रोग बिशेषज्ञ एबं हेटौडा अस्पताल कोरोना युनिटका संयोजक हरिबहादुर खड्काले बताउनु भयो ।

कोरोना देखिएपछी दैनिक २ सय भन्दा वढी विरामीको उपचार गर्दै आएका स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको कोरोना युनिटका संयोजक खड्काले जानकारी दिनु भयो । अस्पतालमा आज बसिएको विशेष बैठकबाट बिरामी आएको समयमा अस्पतालमा रहेका कर्मचारी सबैलाई १ हप्ता क्वारानटाईनमा राख्ने र को रोना जाँच गर्ने निर्णय भएको छ । अस्पतालका १ सय ५० कर्मचारीको परिक्षण पछि ओपिडिलाई शिल्ड गर्ने या नगर्ने भन्ने कुरा रिपोर्टबाट थाहाहुने डाकटर खडकाले बताउनु भयो । रिपोर्ट शनिबार बेलुका या आईतबार बिहान सम्म आईसक्ने कोरोना युनिटका संयोजक डा।खड्काले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*