नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६ सय ३ पुगे

११ जेष्ठ २०७७, आईतवार १७:१९

आईतवार  सम्म नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६ सय ३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन आइतवार १९ जना संक्रमित थपिएका हुन्। पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तुमा नयाँ संक्रमित भेटिएका छन्। त्यसैगरी गुल्मीको मदानेमा पनि एकजना संक्रमित भेटिएका छन्। आइतवारनै मोरङमा १, बारामा १, पर्सामा ३, रौतहटमा १, सर्लाहीमा १, रूपन्देहीमा ६, काठमाडौँ सोह्रखुट्टेमा १, नुवाकोटमा १, कपिलवस्तुमा ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।

पछिल्लो पटक कोरोना संक्रमित भेटिने नयाँ जिल्ला नुवाकोट भएको छ। यससँगै कोरोना संक्रमण फैलिएर ४२ जिल्लामा पुगेको छ। ककनी गाउँपालिका-३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म कोरोना संक्रमण भएर उपचारपछि निको हुनेको संख्या ८७ पुगेको छ। पछिल्लो पटक बुटवलबाट १० जना र पर्साको वीरगञ्‍जबाट ७ जना निको भएर घर फर्किएका छन्। आइतवार अपरान्ह (४:१५ बजे) सम्म सम्मको अपडेट अनुसार कोरोना संक्रमित: ६०३ (पुरुष ५२४, महिला ७९) रहेकाछन । यस्तै डिस्चार्ज) निको भएर ८७ जना घर फर्केका छन । यस्तै ५ सय १३ जना उपचाररत रहेकाछन भने पुरुष २, महिला १ को ज्यान गयको छ । संक्रमित जिल्ला ४२ पुगेको छ भने प्रदेश नं. १ मा ८६ जना ,प्रदेश नं. २ मा १७९ जना,बागमती प्रदेश मा ३४ जना गण्डकी प्रदेशमा ५ जना,प्रदेश नं. ५ मा २८१ जना कर्णाली प्रदेशमा  ४ जना,सुदुरपश्‍चिम प्रदेशमा १४ जना सक्रमित भेटिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*