स्थानिय सरकार कहाँ छ ! आभास गर्न पाइएन : मउबासंघ अध्यक्ष कृष्ण कटुवाल

किटको अभाबमा चौथो दिन सम्म चेक गर्न सकिन,अब बुझ्नुस आम सर्वसाधारणको अवस्था के होला !
१४ जेष्ठ २०७७, बुधबार १२:२१

मकवानपुर उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले कोरोना भाईरस परिक्षणको लागी किट अभाब भएको भन्दै स्थानिय सरकारले परिक्षणमा ढिलाई गरेकामा आपती जनाउनु भएको छ । उहाँले सामाजिक संजाल फेसबुक मार्फत यस्तो प्रतिकृया जनाउनु भएको हो । केही दिन अगाडी हेटौडा ३ की एक जना महिलामा कोरोना सक्रमण पुष्टी भएको खबर बाहिरीए पछि कटुवाल अहिले होम क्वारेन्टाईनमा रहनु भएको छ । सक्रमितको घरमा सक्रमण पुष्टीहुनु अगाबै बिशेष कामले भेटनजाँदा चिया पिएको र आफु क्वारेन्टाईनमा बस्नु परेको भन्दै कटुवालले सामाजीक संजालमा लेख्नु भएको छ ।

“अनन्त पौडेल दाईको श्रीमती,हाम्रो भाउजुको शिघ्र स्वास्थ लाभको कामना गर्दछु। गत बैशाख २६ गते काम विशेषले दाईको घरमा गएको थिए र भाउजुको हातको चिया खाने अवसर जुर्यो। पछिल्लो घटनाले घरमा गएर संक्रमितको हातबाट चिया खाएको कारण हाल म होम क्वारेन्टाइनमा छु र हस्पिटलको सम्पर्कमा छु। जेष्ठ १० गते देखि आज १३ गते सम्म आइपुग्दा हस्पिटलका सम्पुर्ण कर्मचारीको रिपोर्ट नेगेटिभ आएकोले म मा कोरोना छैन भन्नेमा म ढुक्क छु किनकी मेरो भाउजू संगको भेट २६ गतेको हो र हस्पिटलको कर्मचारीको ४ गतेको हो। यसरी चित्त बुझाउने बाहेक अरु के नै रह्यो र  “।

अझ कटुवाल लेख्नुहुन्छ “म बागमती प्रदेशको राजधानी हेटौडा मकवानपुरको उध्योगी ब्यवसायिको नेता मकवानपुर उध्योग बाणिज्य संघको अध्यक्ष र जिल्लाको कमान्ड पोस्टको सदस्य किटको अभाबमा आज चौथो दिन सम्म चेक गर्न सकिन अब बुझ्नुस आम सर्वसाधारणको अवस्था के होला । स्थानिय सरकार कहाँ छ आभास गर्न पाइएको छैन । बेलैमा सरकारको अनुभूतिको आशा गर्दछु  ” कटुवालले घुमाउरो पारामा स्थानिय सरकारलाई सटारो हान्नु भएको छ । कटुवालले लेखेको यो सटारो स्टाटसमा धेरैले सरकार र उसको कार्यप्रतिको उछितो काटेका छन् ।

सरकारले स्वास्थ्यमा हेलच्याक्राई गरेको भन्दै चनाखो हुन कमेन्टमा सरकारलाई आग्रह गरीएको छ । कटुवालले लेखेको बिषयमा यो समाचार तयार पार्दा सम्म करीब ५ सयले लाईक गरेकाछन भने २ सय ५० जती कमेन्टहरु आएकाछन । सामाजिक संजाल फेसबुकबाट आफुले गुनासो पोखेपछि आफनो कोरोना चेकजाँचको लागी किट पाएको र रिपोर्ट आउन बाँकी रहेको अध्यक्ष कटुवालले बताएकाछन । परिक्षणका लागी यतिधेरै कुर्नुपर्छ अब रिपोर्टका लागी कति दिन कुर्नुपर्ने हो थाहा छैन उहाँले भन्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*