म्याद सकिएको लिच्चि जुस हेटौडा बजारमा ! जुस पिएर बालिका बिरामी

२९ जेष्ठ २०७७, बिहीबार १२:४५

लकडाउनको मौका छोपी धमाधम हेटौडा बजारमा म्याद सकिएको समाग्रीको बिक्रि बितरण तिब्र हुन थालेको छ । बिहान सिमित समयमा मात्र पसल खुल्ला हुने र मानिसको भिड कम हुने गरेका कारण पसल संचालकहरुले यही मौका छोपी म्याद सकिएका समानको बिक्रीलाई पहिलो प्रथामिकता दिने गरेको पाईएको छ । विश्वनै कोरना भाईरसको चपेटामा परेको र यस्को प्रभाब नेपालमा समेत परेका कारण नागरिकको जनजिवन आक्रान्त बनिरहेको अबस्थामा बाठा व्यवसायीहरुले यसैको मौका छोपी नागरिकको स्वास्थ्यमा गम्भिर असर पर्ने अखाध्य बस्तु बिक्री बितरण गर्ने गरेको रहस्य खुलेको हो ।

हेटौडा बजारको कान्तिलोकपथमा रहेको नाम समेत नरहेको एक होलसेल पसलले २०१८ मा उत्पादित लिची ड्रिक जुस अहिले बेचिरहेको तथ्य खुलेको छ । जुन जुस उत्पादन गर्ने कम्पनीनै बन्द भएको एक वर्ष वितिसकेको छ । हेटौडाको ओम भवन नजिकै रहेको उक्त पसलले म्याद गुज्रिएको लिची जुस बिक्री गरेको र उक्त जुस सेवन पस्चात हेटौडा २ निबासी ३ वर्षीय वालीका बिरामी परेकी हुन । हेटौडा २ निवासी एक नारायण भन्डारीकी ३ छोरीले उक्त जुस सेवन पछि वाकवक गरेकी र विरामी परेको एकनारायणले बताए ।

नाम समेत नरहेको होलसेल पसलबाट हेटौडा २ का किराना ब्यबसायी कृष्ण गौतमले जुस खरीद्ध गरेको र आफनो पसलबाट बिक्री गरीएको गौतमले बताए । हेटौडा ३ बसामाडी बस्तिपुरमा रहेको बिन्दवासिनी वेभरेज प्रालीले उत्पादन गरेको लिची ड्रिक जुस २०१८ मा उत्पादन रहेको प्रष्ट देखिन्छ । उधोग नै बन्द भएको लामो समय भएको अबस्थामा हेटौडाका व्यपारीहरुले भने हाल सम्म पनि म्याद सकिएको निक्कै पुरानो लिची जुस बिक्रि गरी नागरिकको स्वास्थ्यमा खेलवाड गरिरहेका छन् । म्याद सकिएको समाग्री विक्री वितरण गरी जनताको स्वास्थ्यमा असर पर्ने काम गरेका कारण उक्त पसल संचालकलाई आवस्यक कार्वाही गर्ने खाध्य तथा गुण नियन्त्रण कार्यालय मकवानपुरले जनाएको छ । उक्त म्याद सकिएको खाध्य बस्तु बिक्री वितरण गर्ने पसल संचालकलाई कार्वाहीको हुनु पर्ने नागरिकले माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*