१६ बर्ष अघि बनेको‘आँधी तुफान’ को सिक्वेल बन्दै

४ असार २०७७, बिहीबार १५:५८

१६ बर्ष अघि महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको चलचित्र ‘आँधी तुफान’ को सिक्वेल निर्माण गर्ने घोषणा गरीएको छ । लेखक तथा निर्माता मौनता श्रेष्ठले ‘आँधी तुफान’ को सिक्वेल निर्माण गर्ने तयारीमा रहेको बताएकाछन् । लेडी एक्सन प्रधान चलचित्रमा अभिनेत्री त्रय पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए ।

लकडाउन अवधिभर आफूले ‘आँधी तुफान २’ को स्क्रिप्ट लेखिसकेको र भदौबाट सुटिङ सुरु गर्ने निर्माता मौनता श्रेष्ठले जानकारी दिए । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको निर्देशक तथा कलाकार छनौटकै क्रममा रहेको उनले बताए । ‘आँधी तुफान–२’ पनि नारी कथानक चलचित्र हुने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*