दुइ तिहाइको दम्भ : सांसदलाई नदिई वडा अध्यक्ष कहाँ पुग्यो ‘रातो किताब’

मन्त्रीको नैतिकतामा उठ्यो प्रश्न, कांग्रेस अब संसदमा कडा प्रस्तुत हुने : सांसद लामा
५ असार २०७७, शुक्रबार ११:३९

हेटौंडा \  बागमती प्रदेश सभामा टेबुल भएको विनियोजन विधेयक (रातो किताब) सांसदहरूले नपाएर खैलाबैला भईरहदा नेकपा निकट वडा अध्यक्षहरूले योजना सार्वजनिक गरेका छन् ।

रातो किताब भनेर चिनिने मन्त्रालयगत योजना बाँडफाँड हुने विनियोजन विधेयकको पुस्तिका संसद टेबुल भएको तेस्रो दिनसम्म सांसदहरूले हात पारेका छैनन् । ‘तर सांसदहरूले समेत नपाएको किताबमा परेको योजनाको लिष्ट नेकपा निकट वडा अध्यक्षहरूले सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरिरहेको   सिन्धुपाल्चोकका प्रदेश सभा सदस्य निमा लामाले बताए  ।

आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले सांसदहरूलाई उपलब्ध गराउन नसकेको र सांसदहरूले छलफल नै गर्न नपाएको योजनाको फेहरिस्त वडा अध्यक्षसम्म पुग्नु चरम लापरबाही भएको उनको भनाइ छ ।

उनले वर्तमान सरकारले संसदलाई छलेर कार्यकर्तालाई योजनाको लिष्ट पठाउन तल्लीन हुनुले बजेटमा अपारदर्शीता प्रष्ट भएको बताए । वडा अध्यक्षहरूले योजनाको लिष्ट फेसबुकमा हालेर मन्त्रीलाई बधाई दिनुले बजेटको गोपनीयता र पारदर्शितामा प्रश्न उठेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका सचिव समेत रहेका लामाले ‘संसदको गरिमा घटाउने र राजनीतिकरण गर्ने मन्त्रीको नैतिकतामा प्रश्न उठेको छ, उहाँले जवाफ दिनुपर्छ, कांग्रेस कडा रूपमा संसदमा प्रस्तुत हुने बताएका छन्, । – प्रष्टखबरबाट

FB_IMG_1592539878127-1592540328.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*