आज थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको २१ औं स्मृति दिवस

विष्टले चलाएको आन्दोलन समाज परिवर्तनका लागी सिद्ध भयो : सुमार्गी
७ असार २०७७, आईतवार १०:४९

आज थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको २१ औं स्मृति दिवस । यो दिनलाई रुपचन्द्र बिष्ट संग नजिक रही बाल्यकालमा बिताएका समयप्रक्षेपणलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले सामाजिक संजाल मार्फत २१औं स्मृति दिवसमा रुपचन्द्र बिष्टलाई संझना गरेकाछन् । उनले लेखेकाछन् विष्टले चलाएको आन्दोलन समाज परिवर्तनका लागी सिद्ध भएको छ ।

यो संगै सुमार्गीले लेखेकाछन् रुदाने, जसरु, रापसरु, स्वरूपे, जस्ता उपनामले परिचित विष्टले बि।स २०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए। रूपचन्द्र विष्ट मकवानपुरमा आफ्नो कार्यक्षेत्र र चेतना फैलाउने शिक्षावादी, नारीवादी र जनवादी नेता थिए।

‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने जस्ता नाराका साथ विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन सहयोग गरेको थियो। उनले छोराछोरी स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था समेत गरेका थिए। विष्टले विद्यालय तहमै पारिवारिक विचार भन्दा फरक कम्युनिस्ट राजनीति गरेका थिए।

उनी  २००७ देखि २०१० सालसम्म कम्युनिस्ट विद्यार्थी राजनीतिमा सक्रिय रहे।  २०१७ सालपछि २२ र २९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च रहेका विष्ट २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायतको सदस्य समेत बनेका थिए।

प्रजातन्त्रवादी विचार भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनी गिरफ्तारीमा परेका बयक्तीहुन्। पटक पटक गिरफ्तार हुँदा पनि रूपचन्द्र जनमुखी राजनीतिमा पूर्ण प्रतिबद्ध रहेका थिए । १९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिएका विष्टको निधन २०५६ साल असार ७ गते काठमाडौमा भएको थियो। सुमार्गी परिबारले रुपचन्द्र बिष्टलाई जिवन्त राख्न बिष्टकै नाममा रेडियो थाहा संचार एफएम समेत संचालन गरेको छ भने बिभिन्न ठाउहरुमा थाहा र यसको महत्वबारे चेतना फैलाउने कार्य समेत गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*