शालिकमा माल्यार्पण गर्दै बिष्टको २१ औं स्मृति दिवस मनाईयो

७ असार २०७७, आईतवार १३:३२

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको आज २१ औं स्मृति दिवस । बिष्टको स्मृतिमा आज मकवानपुरको थाहा नगारपालिकास्थित पालुङमा स्मृतिसभा आयोजना गरिएको छ । रुदाने, जसरु, रापसरु, स्वरुपेजस्ता उपनामले परिचित विष्टले वि।सं।२०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए। ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने जस्ता नाराका साथ विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन सहयोग गरेको थियो।

वि सं१९९० पुस २६ गते मकवानपुरको दामन घर्तिखोलामा जन्मिएका विष्टको २०५६ साल असार ७ गते काठमाडौंमा निधन भएको थियो। सामाजिक दुरी कायम गरेर पालुङमा रहेको उनको शालिकमा बिहान माल्यार्पण कार्यक्रम समपन्न गरिएको थाहा नगरपालीकाका मेयर लबसेर बिष्टले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*