सीमित पैसामा चलचित्र हेर्न मिल्ने ‘चलचित्र टिभी’ एप सार्वजनिक

११ असार २०७७, बिहीबार ११:१२

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको दुई चलचित्र ‘छ माया छपक्कै र छक्का पन्जा ३’ लाई ‘चलचित्र टिभी’ एपका लागि ऋचा शर्माको समुहले खरिद्ध गरेको छ । चलचित्रलाई १० १० लाख रुपैयामा खरिद गरिएको बताईएको छ । यो रकम उठेपछि दुई समुहबीच शेयर बाँडफाँड हुनेछ । चलचित्र राम्रो बनाएर ब्रान्डिङ गर्न सकेको खण्डमा नेपाली निर्माताका लागि यो एप आम्दानीको नयाँ श्रोत बन्न सक्ने धेरैको विश्वास छ ।

कोरोना भाइरसका कारण विश्व चलचित्र बजार तहसनहस भए पछि चलचित्र नगरीमा नयाँपनहरु ल्याउन खोजिएको छ । विगत चार महिनादेखि विश्वका अधिकांश मुलुकमा चलचित्र निर्माण र प्रदर्शन ठप्प रहेकाछन् । कयौ सिनेमा हल बन्द रहेकाछन् । यो अवस्था कहिलेसम्म रहन्छ, कुनै टुंगो छैन । सिनेमा हल बन्द हुँदा अहिले विश्वमा डिजिटल प्लेटफर्ममा चलचित्र हेर्ने दर्शकहरु बढेका छन् । नेपालमा पनि धेरैको यसतर्फ आकर्षण बढेको देखिन्छ । नेपाली निर्माताहरुले पनि हलको विकल्प खोज्न थालेका छन् । हल खुल्ने निश्चित नभएका कारण सानो बजेटमा बनेका चलचित्रलाई टिभी वा अन्य एपमार्फत् सार्वजनिक गर्न थालिएको छ ।चलचित्र ‘कोपिला’ र ‘हिरो रिर्टन्स’ यसका उदाहरण हुन् ।

यी दुवै चलचत्रिले हलभन्दा अगाडि टिभीमा रिलिज गराईसकेकाछन् । राम्रो रकम हात पर्ने भएका कारण पनि निर्माताहरुले डिटिजल प्लेटफर्म रोज्न थालेका हुन् । हलमा प्रदर्शन नभएको र यूट्यबमा सार्वजनिक नभएको चलचित्र घरमै बसेर सीमित पैसामा हेर्न पाइने हुँदा दर्शकहरुको पनि यसतर्फ रुची बढेको छ । डिजिटल प्लेटफर्म हलको विकल्प बन्न थालेपछि अभिनेत्री ऋचा शर्माले सीमित पैसामा चलचित्र हेर्न मिल्ने एक एप ल्याएकी छन् । ‘चलचित्र टिभी’ नाम दिइएको एप बुधवारबाट सार्वजनिक गरिएको छ ।

केही दिनपछि मात्र एनड्रोइड मोबाइलमा डाउनलोड गर्न सकिने यो एपमा नयाँ तथा पुराना नेपाली चलचित्रहरु हेर्न पाइनेछ । विदेशमा बस्ने नेपालीहरुको नयाँ नेपाली चलचित्रहरु हेर्ने चाहनालाई परिपूर्ती गर्न यो एप ल्याउन लागिएको हो । अमेरिकामा बस्ने केही साथीहरुसँग मिलेर ऋचाले यो एप सार्वजनिक गर्न लागेकी बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*