दोश्रो चलचित्र बनाउदै निर्देशक श्रीराम महत

११ असार २०७७, बिहीबार ११:२१

चलचित्र ‘म त तिम्रै हुँ’ बाट निर्देशनमा डेब्यु गरेका निर्देशक श्रीराम महतले नयाँ चलचित्र निर्देशन गर्ने भएकाछन् । महतले लामो समयपछि दोस्रो चलचित्रको तयारी गरेकाहुन । लकडाउन पछि फ्लोरमा जाने गरी अहिले चलचित्रको प्रिप्रोडक्सनको काम भैरहेको महतले बताएकाछन । गत आइतवार चलचित्रको एक गीतको रेकर्ड गरिएको छ । जसमा गायिका टिका प्रसाईंले आवाज दिएकी छन् ।

गीतलाई चलचित्रका निर्माता तथा बरिष्ठ गीतकार रामकाजी थापाले लेखेका हुन् । गीतमा शाहस शाक्यको एरेन्ज र नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् । चलचित्रमा चार गीत रहने निर्देशक महतको भनाई छ । लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको केही समयमै नाम सार्वजनिक गरिने उनले बताएकाछन् । चलचित्रमा दुई नायिका रहने बताईएको छ । आफ्नै कथालाई पर्दामा उतार्न लागेका निर्देशक महतले कलाकार फाइनल नभएको बताएकाछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*