चलचित्र ‘कालुराम’ निर्माण हुदै

११ असार २०७७, बिहीबार ११:३८

सरकारले चलचित्र छायांकन अनुमति दिए केही निर्माता तथा निर्देशकहरु चलचित्रको छायांकन सुरु गर्ने तयारीमा छन् । यो क्रम्मा निर्देशक दिनेश पौडेल पनि सरकारको निर्णयको प्रतिक्षामा बसेकाछन् । ‘द मस्ट वान्टेड’ चलचित्रबाट निर्देशकिय यात्रा सुरु गरेका पौडेल लकडाउन खुलेपछि नयाँ चलचित्र ‘कालुराम’ को छायांकन सुरु गर्ने तयारीमाछन । चलचित्रको स्क्रिप्ट तयार भैसकेको बताउदै पौडेलले कलाकार छनौट गर्न बाकी रहेको बताएकाछन् ।

निर्देशक पौडेलले चलचित्रमा समाबेश तीन गीतको रेकर्डिङ्ग पनि सकाएका छन् । उनका अनुसार, चलचित्रका लागि केही कलाकारको खोजी भैरहेको छ । कमला ढकालले निर्माण गर्ने चलचित्रमा समसामयिक प्रेम कथा हेर्न पाईने बताईएको छ । ‘कालुराम’ युवापुस्ता लक्षित चलचित्र रहेको निर्देशक पौडेलले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*