११ बुदें माग सहित कांग्रेसले इन्द्रसरोवर गाउँपालिकालाई ज्ञापनपत्र बुझायो

११ असार २०७७, बिहीबार १९:२१

इन्द्रसरोवर \ नेपाली कांग्रेसले इन्द्रसरोवर  गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।  नेपाली कांग्रेस ईन्द्रसरोबर  गाउँपालिका अध्यक्ष विश्वलाल लामाको नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष जीवन लामालाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउन ठुलो संख्यामा गाँउपालिका कार्यालयमा पुगेका कांग्रेस नेता कार्यकर्ताले माग सम्बोधन हुनुपर्ने भन्दै ११ बुदे माग राखेका छन्, ।

इन्द्रसरोवर गाउँपालिकाले योजना बाँडफाडमा मनोमानी गरेको, लकडाउनका समयमा गाँउपालिकाले उल्लेखिय भुमिका निर्वाह नगरेको, गाँउपालिकाले योजना सम्पन्न भइसक्दा पनि सार्वजनिक सुनुवाइ कार्यक्रम नगरेको, कृषि, एकल महिला, दलित, बालबालिकाको सहित अन्य क्षेत्रको योजनामा पारदर्शिता नभएको,गाँउपालिकाले कार्यसम्पादन गरिरहेको विभिन्न क्षेत्रका व्यक्तिको योजना तर्फ ध्यान नदिएको लगायत  ११ वटा मागहरु सहित कांग्रेस इन्द्रसरोवर गाउँपालिकाले बिहिबार गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस इन्द्रसरोवर  गाउँपालिका नेता कार्यकर्ता,तरुण, महिलाहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*