थप ४६३ जनामा संक्रमण पुष्टि,संक्रमितको संख्या १२ हजार ७७२ पुगे

१४ असार २०७७, आईतवार १६:५६

सिधाखबर \  नेपालमा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार नयाँ संक्रमितमा महिला १०५ र पुरुष ३५८ जना रहेका छन्, । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७७२ पुगेको छ।

यसैगरी कोरोना निको हुनेको संख्या ३ हजार नाघेको छ । बितेको २४ घण्टामा १३ महिला र १६६ पुरुष गरी १७९ जना संक्रमित निको भएर घर फर्किएको गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको संख्या ३ हजार १३ पुगेको उनले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*